site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुरुदेखि नै प्रहरीको नजरमा थिए दिनेश, प्रहरी ‘अपरेसन’को भित्री कथा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई बुधबार सार्वजनिक गरेको छ । हत्याको १३औँ दिनमा प्रहरीले आरोपीको रूपमा दिनेशलाई सार्वजनिक गरेको हो ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरु भएको थियो । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई गए राति घरबाटै पक्राउ गरिएको हो । तर, प्रहरी अनुसन्धानको बाटो भने सहज थिएन । अनुसन्धानको सुरुको दिनबाट केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय बैतडीको टोली परिचालन भएको थियो । केही दिनपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ बैतडी पुगे । अनुसन्धानको दैनिक रिपोर्ट लिन थाले ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी ‘अपरेसन’को भित्री कथा
२२ माघमा भागरथी मृत अवस्थामा फेला परेपछि देशैभर अर्को निर्मला पन्त हत्याकान्डको चर्चा भयो । कतिपयले अर्को निर्मला हत्याकान्ड हुनसक्ने टिप्पणी पनि गरे । प्रहरीले भने निर्मला हत्याकान्ड र भागरथी हत्याकान्ड फरक भएको बताउँदै आएको थियो ।

अनुसन्धान सुरु भयो । घटनास्थलमा भागरथीको मोबाइल ब्याट्री झिकेको अवस्थामा फेला पर्‍यो । मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान टोली उत्साहित बन्यो । अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, “मोबाइल नभेटिएको भए हामीलाई समस्या हुनसक्थ्यो । घटनास्थलमा केही अन्य प्रमाण पनि भेटिए । जसले अनुसन्धानमा हामी आशावादी भयौँ ।”

Global Ime bank

प्रहरी आशावादी त भयो तर अभियुक्तसम्म पुग्ने सुराक भेटिएन । भागरथीको शव भेटिएपछि सो स्थानमा स्थानीयको प्रदर्शन भयो । त्यही प्रदर्शनमै आएका थिए, प्रहरीले आरोपीको रूपमा सार्वजनिक गरेका दिनेश भट्ट । नातामा उनी भागरथीका भाइ हुन् । तर, प्रदर्शनमा दिनेश लामो समयसम्म बसेका थिएनन् । अनुसन्धानमा खटिएका केही प्रहरीको नजर दिनेशमाथि पर्‍यो ।

२३ माघमा प्रहरीले सुराकका लागि तालिमप्राप्त कुकुर घटनास्थल लग्यो । कुकुरले सुँघेरै हत्यारा पत्ता लगाउने चर्चा चल्यो । केही व्यक्ति कुकर हेर्न पनि आए । तर, दिनेश त्यो दिन गोठालो गए । प्रहरीको आशंका दिनेशतिर झन् सोझिन थाल्यो । तर, सुरुमै प्रहरीले हात हाल्न आवश्यक ठानेन । उनी गोठालो जाने कुरा नै अनुसन्धानका लागि पर्याप्त र घटनामा उनको संलग्नताको पुष्टि हुने आधार थिएन ।

योबीचमा प्रहरीले भागरथीका साथी, छिमेकी, शिक्षक, अन्य विद्यार्थीसँग सोधपुछ अगाडि बढायो । प्रहरीका छ्ुट्टाछुट्टै टोली आ–आफ्नै ढंगले काम गर्न थाले । सुरुदेखि नै प्रहरीले घटनामा आफन्तकै संलग्नता दाबी गरे पनि सार्वजनिक रूपमा भने बताउन खोजेन । तर, शंकास्पदहरुको ‘क्लोज रिङ’ भने बनाएको बतायो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रहरीले अन्तिममा १५ जना संन्दिग्धको सूची तयार पार्‍यो । त्यो सूचीमा केही सरकारी सुब्बास्तरका कर्मचारी पनि थिए । १५ जनाको सूचीमा दिनेशको नाम पनि थियो ।

प्रहरीले सबैका गतिविधि नजिकबाट नियाल्न थाल्यो । प्राविधिक रूपमा पनि अनुसन्धान अगाडि बढाइयो । केहीलाई प्रहरी कार्यालयमा बोलाएको बेला आउने तारेख दिइयो । तर, त्योबीचमा प्रहरीले दिनेशसँग अनौपचारिक सोधपुछ भने गरिरहेको थियो । अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, “बाटोमा पनि दिनेशलाई कतिपय कुरा सोध्थ्यौँ । तर, प्रत्येकपटकमा दिनेशका कुरा फेरिन थाले । २१ गते दिनेश विद्यालयबाट निस्किएको समय र उनले भनेको समय पनि मेल खाएन । हामी निरन्तर अनुसन्धानमा जुटिरह्यौँ ।”

यसबीचमा प्रहरीले एकजना सरकारी कर्मचारीलाई पनि उच्च निगरानीमा राखेको थियो । जसलाई कञ्चनपुर प्रहरीले बयानका लागि बोलाएको पनि थियो । अनौपचारिक रूपमा यसको पुष्टि प्रहरी अधिकारीले गरे पनि औपचारिक रूपमा भने पुष्टि गर्न मानेनन् । ती कर्मचारीले आफू घटनामा संलग्न नभएको बताएका थिए ।

योबीचमा प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यलगायतका कुरा पनि गर्‍यो । भागरथीले भारतीय सिमकार्ड प्रयोग गर्ने भएकाले आवश्यक परे भारतीय सुरक्षा निकायसँग पनि सहकार्य गरिने बतायो । यसले अपराधी उम्किन नपाओस् र आफू निगरानीमा छैन भन्ने परोस् भन्ने प्रहरी अधिकारीको बुझाइ छ ।

निरन्तरको केरकारपछि मंगलबार अर्थात फागुन ४ गते दिनेशले घटनामा आफू संलग्न भएको स्वीकार गरे । प्रहरीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्‍यो । पत्रकार सम्मेलनमा डीआईजी उत्तमराज सुवेदीले आफूहरुले सूक्ष्म रूपमा अनुसन्धान गरेको र त्रुटिरहित ढंगबाट प्रमाण संकलन गरेको बताए ।

दिनेशले आफ्नी फूपुमाथि भागरथीका आफन्तबाट भएको नराम्रो व्यवहारको बदला लिन आफूले भागरथीको हत्या गरेको बताएको प्रहरीको भनाइ छ । भागरथीका दाइको किटानीका आधारमा दिनेश पक्राउ परेका हुन् । दिनेश घटनाको दिन डेढ घण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ ।

प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढ घण्टा पहिल्यै निस्किएका थिए । भागरथी कक्षा–१२ मा पढ्थिन् भने कक्षा–११ मा दिनेशको विद्यालय छुट्टी दिउँसो ३ बजेर १५ मिनेटमा हुन्थ्यो । भागरथीको विद्यालय छुट्टी २ बजेर ३० मिनेटमा हुन्थ्यो ।

सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरु बताउँछन् । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको हुनसक्ने प्रहरी आशंका छ ।

दिनेशले प्रहरीसँगको बयानका क्रममा बाटोमा पहिल्यै बसेको र भागरथी चाउचाउ खाँदै आउँदै गर्दा सुरुमा उनको किताब फालेर पछाडिबाट धकेलेर लडाएको बताएका छन् । लडाएपछि बलात्कार र बेहोस अवस्थामा घाँटी थिचेर हत्या गरेको बताएको प्रहरी अधिकारीको भनाइ छ ।

आफूले पहिल्यै मार्न चाहेको भए पनि मौका नमिलेको उनले बताएका छन् । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री भिकेर फालेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमित रूपमा विद्यालयसमेत गइरहेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय