site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
७ महिनामा ८ खर्बको आयात, गाडी र मोबाइलले बढाए भन्सार राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा गत आवको सोही अवधि बराबर नै आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवको माघ मसान्तसम्म आठ खर्ब तीन अर्ब ६० करोड रुपैयाँको आयात भएकाले चालु आवमा चार करोड रुपैयाँ बढीको पैठारी भएको हो ।

माघ महिनामा मात्रै गत आवको भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा एक खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँको आयात भएको हो ।

यो आयात एकै महिनामा भएको हालसम्मकै उच्च आयात हो । यसअघि, गएको पुसमा एक खर्ब ३५ अर्बको वस्तु नेपाल भित्रिएको थियो । स्टिलको कच्चापदार्थ, मोबाइल फोनलगायत शीर्ष १० आयातमा डिजेलबाहेक सबै वस्तुको आयात बढ्दा आयातमुखी नेपाली अर्थतन्त्रको माग बढेको देखिन्छ । जसले दुई वर्षदेखि ऋणात्मक रहेको आयातको वृद्धिदरलाई शून्यमा पुर्‍याएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार माघमा सुन, डीएपी मल, मोबाइल फोन, भटमास र सूर्यमुखी तेलको कच्चापदार्थ, मोटरसाइकल, धान, कोइला तथा एमएस बिलेटको आयातमा उच्च वृद्धि आएको छ । यस्तै, माघसम्मको तथ्यांकअनुसार चिनीसँगै उल्लेखित सुनलगायत मोबाइल फोन आदिको आयात सर्वाधिक बढेको छ ।

भन्सारको तथ्यांकले कोभिड–१९ ले थलिएको अर्थतन्त्र पूर्णतः पुरानै स्थितिमा फर्किएको संकेत गरेको छ । हिउँद लाग्दै गर्दा पुसमा निर्माण सामग्रीको आयात उच्च दरमा बढेको थियो । माघमा भने निर्माण सामग्री आयातमा कमी आएको देखिन्छ ।

भन्सारको तथ्यांकअनुसार माघसम्म आठ खर्ब तीन अर्ब ६४ करोडको वस्तु आयात भएको छ । जबकि, गत वर्षको माघसम्म आठ खर्ब तीन अर्ब ६० करोडको आयात भएको थियो । यस अवधिमा निर्यात ७.६२ प्रतिशतले बढेर ६९ अर्ब ९१ करोड बराबरको भएको छ ।

आयात पुरानै अवस्थामा फर्कंदा भन्सार राजस्व वृद्धि १५ प्रतिशतले भएको छ । गाडी, मोटरसाइकल, मोबाइल, चिनी, पेट्रालियम पदार्थको आयातका कारण माघमा भन्सार राजस्व अनपेक्षित रूपमा बढेको हो । गाडी, मोटरसाइकल, मोबाइल फोन, निर्माण सामग्रीको कच्चापदार्थ, कपडा, इन्धन सर्वाधिक भन्सार राजस्व संकलन गर्ने वस्तु हुन् । यस्ता वस्तुले राजस्वमा गरेको योगदान गत वर्षको यही अवधिको तुलनामा आधाभन्दा बढी छ । जसले भन्सार राजस्व संकलनमा योगदान गरेका हुन् ।

माघमा बढेको आयातले भन्सार राजस्वमा पनि उल्लेख्य योगदान दिएको छ । माघ महिनामा मात्र गत वर्षको माघको भन्दा ५३ प्रतिशत बढी अर्थात ४१ अर्ब ५९ करोड रुपैयाँ भन्सार राजस्व उठेको छ । माघमा जम्मा नौ अर्ब ११ करोडको वस्तु निर्यात भएको छ, यो अघिल्लो वर्षको भन्दा १८.५ प्रतिशत बढी हो ।

तथ्यांकमा माघसम्मको आयात
१) माघसम्मको शीर्ष १० आयात
डिजेलः ३९ अर्ब ७० करोड रुपैयाँ
एमएस बिलेटः ३८ अर्ब १३ करोड रुपैयाँ
मोबाइल टेलिफोनः २४ अर्ब ६ करोड रुपैयाँ
भटमासको तेल कच्चाः २० अर्ब ९८ करोड रुपैयाँ
तयारी कपडाः १७ अर्ब ३६ करोड रुपैयाँ
चामलः १७ अर्ब ३० करोड रुपैयाँ
एलपी ग्यासः १७ अर्ब २६ करोड रुपैयाँ
पेट्रोलः १५ अर्ब ९६ करोड रुपैयाँ
एचआर सिटः १५ अर्ब ३६ करोड रुपैयाँ
सुनः १५ अर्ब १ करोड रुपैयाँ

२) माघसम्म आयात बढेका वस्तु
भटमासको तेल कच्चाः +११७.१८ प्रतिशत
मोबाइल टेलिफोनः +८४.८६ प्रतिशत
एमएस बिलेटः +३९.८२ प्रतिशत
चिनीः +८५९.२१ प्रतिशत
सुनः +६५.३५ प्रतिशत
धानः + ९०.१२ प्रतिशत
चामलः +३६.२३ प्रतिशत
अन्य कोइलाः +४२.३ प्रतिशत
भटमासको पिनाः +७१.७६ प्रतिशत
दलेको वा नदलेको दालहरुः +४०.१३ प्रतिशत

३) आयात घटेको शीर्ष १० वस्तु
डिजेलः –३१.८ प्रतिशत
हवाइजहाज र हेलिकोप्टरः –८८.८९ प्रतिशत
कच्चा पाम तेलः –७४.१ प्रतिशत
एटीएफः –७६.०५ प्रतिशत
पेट्रोलः –२४.९२ प्रतिशत
निर्माणसम्बन्धी यन्त्रावलीः –५१.३७ प्रतिशत
चाँदीः –५९.५७ प्रतिशत
अन्य सञ्चार उपकरणः –६१.३६ प्रतिशत
भटमास गेडाः –६३.२९ प्रतिशत
तयारी कपडाः –१३.८७ प्रतिशत

४) राजस्वमा योगदान गर्ने शीर्ष १० वस्तु
डिजेलः २६ अर्ब १२ करोड रुपैयाँ
जीप, कार र भ्यानहरुः १९ अर्ब ८९ करोड रुपैयाँ
पेट्रोलः १५ अर्ब ७५ करोड रुपैयाँ
मोटरसाइकलः १२ अर्ब ८५ करोड रुपैयाँ
एमएस बिलेटः ७ अर्ब रुपैयाँ
तयारी कपडाः ५ अर्ब ८३ करोड रुपैयाँ
मोटरसाइकल (अनएसेम्बल्ड)ः ५ अर्ब ३० करोड रुपैयाँ
मोबाइल टेलिफोनः ३ अर्ब ८० करोड रुपैयाँ
चिनीः ३ अर्ब ७१ करोड रुपैयाँ
टायलः ३ अर्ब २४ करोड रुपैयाँ

५) भन्सार राजस्व बढेका शीर्ष १० वस्तु
डिजेलः +७६.५३ प्रतिशत
पेट्रोलः +४२.८५ प्रतिशत
चिनीः +१०२७.८४ प्रतिशत
एमएस बिलेटः +३९.८२ प्रतिशत
जीप, कार र भ्यानहरुः +१०.२९ प्रतिशत
मोबाइल टेलिफोनः +८४.५ प्रतिशत
मोटरसाइकल (अन एसेम्बल्ड)ः +४०.२१ प्रतिशत
मोटरसाइकलः +८.२१ प्रतिशत
अन्य कोइलाः +४२.२५ प्रतिशत

६) शीर्ष निर्यात (गत आवको तुलनामा बढी वा कम)
भटमासको तेल प्रशोधितः १९ अर्ब ५९ करोड (+२२९.४७ प्रतिशत)
सेन्थेटिक यार्नः ४ अर्ब ४६ करोड (–१२.८४ प्रतिशत)
अलैँचीः ४ अर्ब २८ करोड (+४९.७६ प्रतिशत)
उनी गलैँचा कार्पेटः ४ अर्ब १७ करोड (–२.४६ प्रतिशत)
तयारी कपडाः ३ अर्ब २३ करोड (–२.२२ प्रतिशत)
चियाः २ अर्ब ९३ करोड (+६३.५३ प्रतिशत)
जमोठ कपडाः २ अर्ब ४७ करोड (+६३.७१ प्रतिशत)
जुटका बुनिएका कपडाः २ अर्ब ३७ करोड (+२२.५२ प्रतिशत)
अन्य कपडा(उनी, सुती, टेरीकटनबाहेकका)ः १ अर्ब ९६ करोड (–०.९२ प्रतिशत)
फलफूलको जुसः १ अर्ब ९५ करोड (–६.०१ प्रतिशत)
पश्मिनाको सलः १ अर्ब ७१ करोड (+३२.५९ प्रतिशत)
पिनाः १ अर्ब १७ करोड (+३३.३९ प्रतिशत)
चाउचाउ, नुडल्स, पास्ताः १ अर्ब ४ करोड (+५८.१२ प्रतिशत)
कुकुर–बिरालोको खानाः १ अर्ब ३ करोड (+५१.०७ प्रतिशत)
सूर्यमुखीको प्रशोधित तेलः ५४ करोड (+२६९९५० प्रतिशत)

तथ्यांकमा माघ महिनाको आयात
१) शीर्ष १० आयात
एमएस बिलेटः ८ अर्ब ३१ करोड रुपैयाँ
डिजेलः ६ अर्ब ७७ करोड रुपैयाँ
अन्य कोइलाः ४ अर्ब ११ करोड रुपैयाँ
मोबाइल टेलिफोनः ३ अर्ब ४३ करोड रुपैयाँ
भटमासको तेल कच्चाः ३ अर्ब ३१ करोड रुपैयाँ
एलपी ग्यासः ३ अर्ब २३ करोड रुपैयाँ
पेट्रोलः ३ अर्ब रुपैयाँ
एचआर सिटः २ अर्ब ९८ करोड रुपैयाँ
धानः २ अर्ब ८७ करोड रुपैयाँ
सुनः २ अर्ब ८० करोड रुपैयाँ

२) आयात बढेको शीर्ष वस्तु
एमएस बिलेटः +६५.६३ प्रतिशत
मोबाइल टेलिफोनः +१७६.३१ प्रतिशत
डीएपी मलः +७४१.६२ प्रतिशत
अन्य कोइलाः +७६.१५ प्रतिशत
भटमासको तेल कच्चाः + ९५.४३प्रतिशत
सुनः +१३६.५२ प्रतिशत
धानः + ९०.१९ प्रतिशत
सूर्यमुखीको कच्चा तेलः +११५.०३ प्रतिशत
मोटर साइकलः +७६.१६ प्रतिशत

३) राजस्वमा योगदान दिने शीर्ष वस्तु (गत वर्षको माघको तुलनामा)
डिजेलः ४ अर्ब (+७६.८२ प्रतिशत)
जीप, कार र भ्यानहरुः ३ अर्ब २१ करोड (+८९.२९ प्रतिशत)
पेट्रोलः २ अर्ब ६२ करोड (+७१.४ प्रतिशत)
मोटरसाइकलः २ अर्ब १७ करोड (+७८.२२ प्रतिशत)
एमएस बिलेटः १ अर्ब ५२ करोड (+६५.६३ प्रतिशत)
मोटरसाइकल (अनएसेम्बल्ड)ः ९३ करोड (+२०१.९६ प्रतिशत)
तयारी कपडाः ७७ करोड (+३६.२९ प्रतिशत)
अन्य कोइलाः ७६ करोड (+७६.०८ प्रतिशत) 
एलपी ग्यासः ६० करोड (+१०.४९ प्रतिशत)
ट्रक, मिनी ट्रकः ५७ करोड (+१६६.८२ प्रतिशत)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro