site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुलामञ्च पहिलेजस्तै खुला होला ? (तस्बिरसहित)

काठमाडौं । संसद् विघटनपछि राजनीतिक दलहरू आन्दोलित छन् । आन्दोलित राजनीतिक दलहरूले सरकारको विरोधमा प्रदर्शन तथा सभा गर्दै आएका छन् । अधिकांश राजनीतिक दलहरुको काठमाडौंमा प्रदर्शन तथा सभा गर्ने स्थान भने खुलामञ्च हो । खुलामञ्च सबैलाई सहज र पायक पर्ने भएको हुँदा राजनीतिक दलहरुको सभा गर्ने रोजाइको स्थानसमेत बनेको छ । तर यही खुलामञ्च अहिले भने अतिक्रमणमा परेको छ । निरन्तर ६ वर्षदेखि अतिक्रमणकै कारण सर्वसाधारणले खुलामञ्चको सही उपयोग गर्न भने पाएनन् ।

संविधान विघटनसँगै सत्तारुढ दल चोइटिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहको सभा निरन्तर सडकमा हुँदै आएको छ । प्रचण्ड-नेपाल समूहले पहिले भृकुटीमण्डप, नारायणहिटीका सडकमा सभा गरे । ओली समूहले पनि शुक्रबार काठमाडौंको दरबारमार्गमा सभा गर्‍यो । यसको मर्कामा आमनागरिक परे । कसैले कार्यालय जान पाएनन् त कसैको दिनभरको कमाउने आधार गुम्यो ।

नागरिक समाजका अगुवाहरु पनि फागुन ७ गते काँडेतार हटाएर भए पनि खुलामञ्चबाट नागरिक आन्दोलन गर्ने तयारीमा छन् । 'के अब साँच्चै पहिलेजस्तै खुलामञ्च खुला होला त ?' अहिले यो प्रमुख प्रश्न बनेको छ ।

नागरिक अगुवा तथा पत्रकार नारायण वाग्लेले खुलामञ्च मासेर, सडकमा सभा गरेर नागरिकलाई सास्ती गराउन नपाइने भन्दै आन्दोलन गर्ने बताएका छन् । उनले भने, ‘‘२०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपी कोइरालाले पहिलोपटक खुलामञ्चबाट जनसभा गराएका थिए । २०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी मनमोहन अधिकारीलगायत नेताले खुलामञ्चबाटै कार्यक्रम चलाउने गरेका थिए । तर अहिलेको संसद् विघटनपछिका सरकारले शक्ति प्रदर्शन गर्न होस् या अन्य विरोध गर्न सभा-समारोह सडकमा हुँदा नागरिकलाई सास्ती खेप्नुपरेको छ ।
No description available.

अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठ खुलामञ्च र टुँडिखेलमै सभा समारोह गर्ने बताउँछन् । ‘‘यसरी आमजनतालाई अवरोध पुर्‍याउन पाइँदैन । सडकमै सभा-समारोह गर्दा राजनीतिक दलहरुलाई लाज लाग्नुपर्ने हो । सरकारले चाहे एकैछिनमा खुलामञ्च खाली गर्न सक्छ । तर यसमा कसैको पनि ध्यान जान सकेन," उनले भने, "जतिसुकै सभा-समारोह गरे पनि नागरिकलाई अप्ठ्यारोमा पार्नु भएन । खुलामञ्च ६ वर्षदेखि ३ तिरबाट अतिक्रमणमा परिरहेको छ । काठमाडौं महानगरपालिकाले उत्तरी भागमा सवारीसाधन पार्किङ गर्न दिएको छ । पुरानो वषपार्कमा काठमाडौं भ्युटावर बनाउन लागिएको छ । पुरानो बसपार्क खुलामञ्चको माथिल्लो भागमा सारिएको छ । सवारी पार्किङ सार्दा ६ महिनाका लागि भनेर सारिएको थियो ।”

सवारी पार्किङस्थल बन्यो, खुलामञ्च
महानगरको अनुमतिमै खुलामञ्‍चको बीचको भागमा निजी सवारीसाधन पार्किङ गरिन्छ । यहीं वीर अस्पतालका सवारीसाधन पनि पार्किङ गरिन्छ । वीरका अधिकारीहरूले गत वर्ष खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउने भनेका थिए । वीरका निर्देशक केदारप्रसाद सेन्चुरीले अब छिटै सामान हटाउने तयारी गरिरहेको बताए । ‘‘खुलामञ्च आपत्‌विपत् आउँदा चाहिने हो । २०७२ को भूकम्पमा अस्पतालले खुलामञ्चमा घाइते तथा बिरामीको उपचार गरेको थियो । यदि त्यतिबेला खुलामञ्च हुन्थेन भने उपचार सम्भव हुन्थेन," उनले भने, "हामी खुला ठाउँ मास्ने पक्षमा छैनौं, खुला ठाउँ हामी सबैलाई चाहिँने नै हो ।”

वीर अस्पतालको भवन निर्माण भइरहेकाले त्यहाँ चाहिने निर्माण सामग्री पनि खुलामञ्चमा थुपारिएका छन् । 

गत वर्ष काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तीन महिनामै खुलामञ्च खाली गर्ने बताएका थिए । मेयर शाक्यले खुलामञ्चको विरोध गर्नेलाई राजनीतिक उद्देश्यले आन्दोलन चलाएको आरोप पनि लगाएका थिए । यस्तै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार खुलामञ्च खाली गराउने पहल भइरहेको छ । उनले भने, ‘‘चिनियाँ निर्माण व्यवसायी बसेका टहरा खाली गराउँछौं ।” नजिकै रहेको दरबार हाइस्कुल निर्माणका लागि ल्याइएका चिनियाँ निर्माण व्यवसायीका कामदार तथा निर्माण सामग्री पनि यही खुलामञ्‍चमा राखिएका छन् । यद्यपि दरबार हाइस्कुलको निर्माण भने झन्डै वर्षदिनअघि पूरा भइसकेको छ ।

No description available.

माघ महिनाभित्रै खुलामञ्च खाली नगरे दोस्रो चरणमा आन्दोलनमा उत्रने नागरिक समाजका अगुवाको चेतावनी छ । सम्पदाविद् विराज भट्ट श्रेष्ठले यही ठाउँबाट खुलामञ्च खाली गराउन फागुन ७ गते कार्यक्रम चलाइनेछ । ‘‘अहिले कुनै पनि राजनीतिक दलले सडकमा आमसभा गरिरहनुपरेको छ । खुलामञ्च स्वतन्त्र रुपमा रहनुपर्छ । कतैबाट पनि अतिक्रमणमा पर्न हुँदैन," उनले भने, "पहिले अकुपाई टुँडिखेल अभियान सञ्चालन भएको थियो । उतिबेलै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बृहत् टुँडिखेल पार्क बनाउने गरी गुरुयोजना तयार गरेको थियो । सेनाको सहमतिमा बन्न लागेको पार्कको गुरुयोजनामा रानीपोखरीदेखि दशरथ रंगशालासम्मको क्षेत्र समेटिएको थियो ।”

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो चरणमा रानीपोखरी क्षेत्रको काम सक्ने भनिएको बताए । उनले भने, ‘‘दोस्रो चरणमा टुँडिखेल पार्क अघि बढाइने भनिएको थियो । रानीपोखरीको काम सकिएको छ । अब बृहत् पार्क निर्माणको काम सुरु हुनेछ ।"

टुँडिखेल पार्क निर्माणका लागि करिब नौ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ । पार्क निर्माण गर्न काठमाडौं महानगरपालिका र सेनासँग छलफल भइसकेको छ । सैनिक मञ्चदेखि रंगशालासम्मको क्षेत्र सेनाको नियन्त्रणमा छ । यस क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न भने सेनासँग स्वीकृति लिनुपर्छ ।

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro