जापान । दक्षिणी जापानमा भीषण बाढी आएको समाचार छ । सो बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।
साथै सो बाढीमा परी अन्य १८ जना बेपत्ता भएका जनाइएको छ । साथै यस बाढीका कारण लाखौँ व्यक्ति आफ्नो बासस्थनाबाट भागेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
अविरल वर्षाको कारण नदीहरुमा पानीको बहाब बढ्दा बाढी आएको हो । हजारौँ सैनिक र उद्धारकर्तालाई उद्वारका लागि खटाइएको थियो ।
उद्वारका लागि खटेका व्यक्तिको पनि सञ्चार माध्यमसँग सम्बन्ध विच्छेद भएको अधिकारीले जनाएका छन् ।
‘हामी हाल अत्यन्त गम्भीर अवस्थामा छौँ’ उपप्रधानमन्त्री तारो आसोले भनेका छन् । उनले अझै पनि कैयौँ व्यक्ति हराएका छन् र नजिकैका पहाडमा पहिरो जानसक्नेजस्तो देखिएको छ, भनेका छन् ।
पहाडी इलाकाहरु भत्किरहेका र डरलागदो अवस्था रहेको चेतावनी पनि उनले दिएका छन् । अझै पनि कैयौँ व्यक्ति वेपत्ता रहेको भन्दै उनले उद्वारकार्यमा पनि अत्यन्तै समस्या उत्पन्न भएको समेत उनले जानकारी दिएका छन् ।