site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिरामीको मृत्युपछि अवधनारायण क्लिनिकमा तोडफोड

विराटनगर । विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड भएको छ । लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले क्लिनिक तोडफोड गरेका हुन् ।

मोरङको बेलबारी नगरपालिका ८ की ३२ वर्षीया सजना राईको उपचारका क्रममा लापरबाही भई मृत्युको भन्दै आफन्तले क्लिनिक तोडफोड गरेका हुन् । उनको पित्तथैलीमा बसेको पत्थरीको शल्यक्रिया गरिएको थियो । राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो । तर, आफन्तले भने अवधनारायण क्लिनिकमा भर्ना गराई अप्रेसन गर्दा लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले घटनामा संलग्न भएका तीन जनलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

प्रहरीका अनुसार राईलाई गत पुस २८ गते विराटनगर ७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना गरिएको थियो । त्यही दिन अप्रेसन भएको थियो । तर, अक्सिजनसहितको आईसीयू आवश्यक भएपछि २९ गते धरान रेफर गरिएको थियो । बुबा होमबहादुर राईले लापरबाहीकै कारण छोरीको मृत्यु भएकाले शव नबुझ्‍ने बताएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro