site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभामा ‘हुकुमी शासन’ र ‘हिटलर’को सम्झना

काठमाडौं । संघीय संसदको माथिल्लो सदन हो, राष्ट्रियसभा । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभा भने कायमै छ ।  पुस ५ गते प्रतिनिधिसभा विघटन गरिँदा अहिले संघीय संसदमा राष्ट्रियसभामात्र अस्तित्वमा छ । तर, राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषयले प्राथमिकता पाइरहेको छ । पुस १७ गते र आज बसेको दुवै बैठकमा प्रतिनिधिसभा विघटनको विषय महत्त्वसाथ राष्ट्रियसभा सदस्यहरुले उठाए ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रतिनिधिसभा विघटनको विषय उठान गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ दल नेकपाकै सांसदहरुसम्मले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रियसभामा पहिलोपटक बोलेका सत्तारुढ नेकपाकै उपाध्यक्ष वामदेव गौतमसमेतले प्रतिनिधिसभा विघटनको पक्षमा बोलेनन् । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर आफूले पहिले बोलेको र अहिले संवैधानिक इजलासमा सो विषय विचाराधीन रहेकाले चुप बसेको बताए । सत्तारुढ दल नेकपाकै तर्फबाट राष्ट्रियसभामा रहेका रामनारायण बिडारी र गंगा बेलबासेले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै चर्को आलोचना गरेका थिए । 

हुकुमी शासन र हिटलरको सम्झना
राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषय उठाउँदै गर्दा सदस्यहरुले हुकुमी शासन र हिटलरको स्मरण गरे । नेपालमा १०४ वर्ष राणाहरुले चलाएको शासनलाई हुकुमी शासनका रुपमा लिइन्छ । जहाँ व्यवस्था कानुनले होइन, राणा शासकहरुको हुकुमको भरमा चल्थ्यो । प्रतिनिधिसभा विघटन हुकुमी शैलीको भरमा गरिएको भन्दै नेकपाकै सांसद बिडारीले हुकुमी शासनको स्मरण गरे । “विवाद पार्टीमा भयो । प्रहार संसदलाई गर्ने ? जनतालाई गर्ने ?  व्यवस्थालाई गर्ने ?” उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, “ताजा जनादेश प्रधानमन्त्रीको हुकुमबाट हुने कि संविधानअनुसार हुने ? ”

संविधानमा ५ वर्षमा प्रतिनिधिसभाको निर्वाचन हुने व्यवस्थालाई ताजा जनादेशमा जाने नाममा उल्लंघन गरिएको उनको टिप्पणी थियो ।

‘केपी ओलीको ठाउँमा म भएको भए अविश्‍वासको प्रस्ताव दर्ता गर्नुअघि नै राजीनामा दिन्थें’

जर्मनका हिटलर तानाशाही शासकका रुपमा चिनिन्छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्रीले जे मन लाग्यो त्यो गरेको भन्दै हिटलरको सम्झना गरे । “संविधान प्रधानमन्त्रीले मान्नुनपर्ने । प्रधानमन्त्री हिटलर हो ?  जे मन लाग्यो त्यही गर्ने ?” उनको प्रश्न थियो । रायमाझीले प्रधानमन्त्रीतर्फ संकेत गर्दै भने, “एउटा तानाशाको भरमा हिँड्दा राष्ट्रपति बद्‌नाम हुनुभयो ।”

राष्ट्रियसभामा बिहीबार बोलेका सांसदहरु मृगेन्द्रसिंह यादव, प्रकाश पन्थ, गंगा बेलबासेले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro