site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब प्रधानन्यायाधीश राणालाई वरिष्ठ अधिवक्ता थापाले सोधे– हरिकृष्ण श्रीमान् यो इजलासमा बस्न मिल्छ ?

काठमाडौं । गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सोविरुद्ध दायर रिट संवैधानिक इजलाशमा विचाराधीन छ ।   बुधबारबाट सो मुद्दामा नियमित सुनुवाइ तोकिए पनि प्रतिनिधि सभा विघटनको विषयले इजलासमा प्रवेश पाएन ।  इजलास सुरू हुनासाथ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनको मुद्दा बृहत पूर्ण इजलासले हेर्नुपर्ने भन्दै बहसको थालनी गरे ।

मंगलबार नेकपा प्रमुख सचेतक देव गुरुङसहित १२ अधिवक्ताहरूले बृहत पूर्ण इजलाश माग गर्दै दिएको निवेदन संवैधानिक इजलासमा पेस भयो । प्रतिनिधि सभा विघटनविरुद्ध दायर १३ वटा रिट इजलासमा वाचनपछि केही समय ‘ब्रेक’ लिइयो । संवैधानिक इजलासमा ‘ब्रेक’पछि वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाए । 

“रोष्टरमा १४ जना न्यायाधीश छन् । न्यायाधीश अभाव नहुँदा पनि महान्याधिवक्ता भइसकको मान्छेलाई नै किन छान्नुभयो ? यसले राम्रो सन्देश गएका छैन,” थापाले भने, “मलाई आपत्ति छैन, तर पब्लिकले प्रश्न उठाइरहेका छन् । फेयर गर्छु भनेर मात्र भएन, गरेर देखिनुपर्‍यो । पब्लिकलाई लाग्नुपर्‍यो ।”
प्रधानन्यायाधीश राणाले न्यायाधीश कार्की इजलाशमा बस्न किन नमिल्ने भन्दै प्रतिप्रश्न गरेका थिए ।  

“हरिकृष्ण श्रीमान् संवैधानिक इजलासमा बस्न किन नमिल्ने ? भन्नेले त केपी ओलीले नियुक्त गरेको चोलेन्द्रले के मुद्दा हेर्ने भन्लान्, त्यसरी त कसरी हुन्छ ? हामी पछाडि नफर्कौँ,” राणाले भने । 

जवाफमा वरिष्ठ अधिवक्ता थापाले नियुक्त गर्नु र सल्लाहकार हुनु फरक कुरा भएको बताएपछि राणाले आफूले थापाको भनाइको खण्डन गर्न नखोजेको बताएका थिए । 

थापाले न्यायाधीश कार्की केपी ओली प्रधानमन्त्री रहँदा महान्यायाधिवक्ता रहिसकेको, प्रतिनिधि सभा विघटनको पक्षमा बहस गर्न आएका अहिलेका महान्यायाधिवक्ता अग्नि खरेल र कार्की पहिला एउटै ल फर्ममा सँगै रहेको भन्दै कार्की इजलासमा बस्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ को कुरा उठ्ने तर्क गरेका थिए । 

अर्का वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले इजलाशमा न्यायाधीशको विषयमा कुरा उठिसकेकाले त्यो प्रश्नलाई ढिसमिस गर्न नमिल्ने बताएका थिए । 

कार्की बेञ्चबाट उठेपछि सबै न्यायाधीश बेञ्चबाट उठेका थिए । “त्यसपछि न्यायाधीहरु भित्र जानुभयो केहीबेरमा पुनः आउनुभयो ।  बेञ्चमा फर्किएपछि हरिकृष्ण श्रीमान्ले पब्लिकमा र कानुन व्यवसायीबाट पनि कुरा उठ्यो । त्यसैले म सुनुवाइको प्रक्रियाबाट बाहिरिन्छु भनेर उद्घोष गर्नुभयो,” इजलाशमै रहेका वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए । 

प्रारम्भिक सुनुवाइकै क्रममा पुस १० गते वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश कार्कीबारे प्रश्न उठाएका थिए ।  संवैधानिक इजलाशमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बुधबार पुनः सुनुवाई हुनेछ । 

बृहत पूर्ण इजलासको माग !

प्रतिनिधि सभा विघटनको मुद्दा पुस ८ गते प्रधानन्यायाधीश राणाको एकल इजलासमा सुनुवाइ भयो ।  उनले सो रिट ‘नेपालको संविधानको धारा ७६ (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले’ संवैधानिक इजलाससमक्ष पेस गर्न आदेश गरेका थिए ।  पुस १० गते संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ सुरू भयो । केही रिट निवेदकले बृहत पूर्ण इजलासमा प्रतिनिधि सभा विघटनको रिटमा सुनुवाइ हुनुपर्ने बताएका थिए । 

बुधबार उनीहरूले बृहत पूर्ण इजलासको माग गर्दै दिएको निवेदन पनि संवैधानिक इजलासमा पेस भएको छ ।  रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता त्रिपाठी प्रतिनिधि सभा विघटनको विषय संवैधानिक इजलासमा जाने प्रश्न नभएको बताउँछन् ।  “एकल इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गर्नुभयो । तर, कुनै कारण खुलाइएन,” उनले भने, “संवैधानिक इजलासमा पठाउँदा आधार र कारण खुलाउनुपर्छ । खाली संविधानको व्याख्या मात्र भनिएको छ ।” 

उनले विगतमा प्रतिनिधि सभा विघटन हुँदा ११ जनाको बृहत पूर्ण इजलासले हेरेको नजिर रहेको भन्दै त्रिपाठीले बृहत पूर्ण इजलासले यो मुद्दाको सुनुवाइ गर्नुपर्छ भन्ने आफूहरुको माग गरेको बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro