लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफले प्रतिस्पर्धा गर्दैछन् ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दैछ । एपीएफले सदूरपश्चिमविरुद्ध केही बेरमा बलिङ थाल्ने छ ।
खराव मौसमका कारण खेल १६ ओभरमा घटाइएको छ । मैदानमा हुस्सु लागेका कारण खेलको ४ ओभर घटाइएको हो ।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहनेछ । साविकको विजेता भएका हिसावले एपीएफ आजको खेलमा जित निकाल्दै प्रतियोगिताको फाइलनमा आफूलाई स्थान बनाउने योजनामा हुनेछ ।
यता, सुदूरपश्चिम प्रदेश पनि आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ । दुबै टोली प्रतियोगिताको उपाधि दावेदारको रुपमा रहेका छन् ।