site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

शुक्रबार प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा जारी गरेको ६० लाख कित्ता साधारण सेयरसहित कुल दुई करोड कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँअंकित नेप्सेमा सूचीकृत भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज नेप्से र प्रभु लाइफ इन्स्योरेन्सबीच कम्पनीको दुई करोड कित्ता सेयर नेप्सेमा सूचीकरण गर्ने सम्झौता भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनी सेयर कारोबारको लागि ‘पीएलआई’ संकेत प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको नेटवर्थदेखि त्यसको तीन गुणासम्म पहिलो कारोबारको लागि ओपनिङ रेन्ज तोक्ने गर्दछ ।

Royal Enfield Island Ad

आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्न भएको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.५६ रुपैयाँ रहेको छ । यसअनुसार नेप्सेले कम्पनीलाई न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात् ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेन्ज प्रदान गरेको छ । उक्त रेन्जभित्रको जनसुकै मूल्यमा कम्पनीको पहिलो कारोबार हुनसक्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro