site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओली श्री ३ महाराज जङ्गेको बाटोमा हिड्नुभयोः प्रचण्ड 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजको पथमा हिँडेकाले पराजित भएको बताएका छन् । आज पेरिसडाँडामा आयोजित जन–सांस्कृतिक महांसघको कार्यक्रमलाई संबोधन गर्दै उनले आफूहरुको विजय सुरुआत भएको जिकिर गरे ।

“हामी सडकमा पुगेका हैनौं । हामी जनताको बीचमा पुगेका हौं । केपी ओली सामान्ती शासक जस्तो श्री ३ महाराज धिराज जङ्गेको बाटोमा हिड्नुभयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो । हाम्रो विजयको सुरुवात भयो,” प्रचण्डले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रचण्डले सदन जिवित भएको दाबी गर्दै छिट्टै नै अदातलतले सदन सुचारु गर्ने आदेश दिने विश्वास व्यक्त गरे । उनले संविधानले नदिएको अधिकार प्रयोग गरेर ओलीले इतिहासमा कलंकको टीका लगाएको बताए ।
 
“सदन मरेको छैन । जिवित छ । विघटन भएको त केपी ओलीको सरकार हो । संसदको हत्या भएको छैन । सम्मानित  अदालतले संविधनानमा प्रष्टसँग लेखिएको प्रवाधान बुझ्दैन भन्यौं भने अदालतको सम्मानप्रति अपमान ठहर्छ भन्ने ठान्छु । अपमान अदालतमाथि विश्वास छ । अदालप्रति भरोसा गर्न चाहन्छु। छिटो भन्दा छिटो सदन सुचारु गर्ने आदेश आउनेछ भन्ने विश्वास गरेको छु,” उनले भने ।

उनले राजनीतिक ढंगले आफूहरुको जिति भइसकेको दाबी गरे ।

Royal Enfield Island Ad

उनले आफूहरुले बाजी जितिसकेको बताए । “राजनीतिक ढंगले त जितिसक्यौं । फिल्डमा जित्न बाँकी छ। हेर्नुहोला केही महिनाभित्र फाइनल हुन्छ,” उनले भने । उनले अर्को समूहमा गएका केही नेताहरु फेरि फर्कने र आफूहरुले स्वागत गर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro