site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘खेलप्रतिको समर्पण कम भएको छैन’
SkywellSkywell

काठमाडौं । विभागीय टोली एपीएफ नेपाली महिला क्रिकेटको सशक्त टोली हो । घरेलु प्रतियोगितामा एपीएफको वर्चस्व देख्न सकिन्छ । टिमलाई बलियो बनाउन खेलाडीहरुको महत्वपूर्ण भूमिका हुन्छ । सीता रानामगर त्यसको प्रमुख भूमिकामा छिन् । एपीएफकी कप्तान सीता हाल दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला ट्वेन्टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सिजनको पहिलो अर्धशतक बनाउने खेलाडी पनि उनी नै हुन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको उपकप्तानसमेत रहेकी सीताको आइतबारको खेल पनि हेर्न लायक रहयो । प्रतियोगितामा दुई खेल खेलकी उनी दुवै खेलमा ‘प्लेअर अफ दी म्याच’ चुनिइन् । शनिबार भएको पहिलो खेलमा सीताले एपीएफका लागि अर्धशतकीय पारी खेलिन् । जसमा आठ चौका प्रहार गरेकी थिइन् ।

KFC Island Ad
NIC Asia

आइतबारको खेलमा पनि उनले ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरिन् ।  ब्याटिङतर्फ १८ रन बनाउँदा बलिङतर्फ दुई विकेट लिइन् । लामो समयपछि मैदान फर्केकी सीता आफ्नो खेलप्रतिको समर्पण सोही स्तरको रहेको बताउँछिन् । नौ महिना घरमा बसेकी उनी पुनः मैदानमा फर्कंदा उत्साहित छिन् । आफ्नो प्रदर्शनबाट खुसी छिन् ।

“लामो समय मैदानबाहिर रहेँ । खेल र प्रशिक्षणको माहोललाई मिस गरिरहेकी थिएँ । मैदान फर्कन पाउँदा धेरै खुसी मिलेको छ । खेलको पहिलो दिनमा नै राम्रो प्रदर्शन गर्न पाएँ । योभन्दा धेरै खुसी मेरो लागि केही हुँदैन,” सीताले बाह्रखरीसँगको कुराकानीमा भनिन् । विवाहपछि खेलमा सक्रियरुपमा नलाग्ने पनि छन् । तर, सीता मैदानमै छिन् । उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । उनको प्रदर्शनको सर्वत्र चर्चा छ ।

Royal Enfield Island Ad

“पहिलेभन्दा मेरो खेलमा केही सुधारिएको प्रदर्शन हुँदा म आफैँमा खुसी छु । आफूले भनेअनुरुप प्रदर्शन कहिले हुन्छ, कहिले सोचेभन्दा फरक । तर, विवाहपछि सोचेभन्दा उत्कृष्ट गर्न सकिएको छ । यही नै मेरो लागि खुसीको कुरा हो,” सीताले भनिन् । अघिल्लो खेलमा कस्तो प्रदर्शन गर्न सकिन्छ भन्ने कुरामा उनी चनाखो  छिन् । साविक विजेता एपीएफसामु उपाधि रक्षा गर्नुपर्ने चुनौती छ ।

तर, आफ्नो टोलीले मिहिनेत गरेर उत्कृष्ट प्रदर्शन गर्नेमा कप्तान सीता आशावादी छिन् ।

“हाम्रो  अहिले मुख्य योजना उत्कृष्ट प्रदर्शन गर्नेमा छ । प्रदर्शन राम्रो भयो भने नतिजा राम्रो आउनेमा कुनै दुईमत छैन । दुई टोलीसँगको प्रदर्शनमात्र नहेरेर आगामी खेलहरुमा राम्रो टोलीसँग कस्तोे खेल प्रदर्शन गर्ने भन्ने योजनामा छौँ । हामी सफल बन्छौँ भन्ने पूर्ण विश्वास छ । त्यसको लागि  उत्कृष्ट प्रदर्शनको खाँचो छ,” सीताले भनिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro