site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रहरीलाई आर्थिक प्रलोभन देखाउने चालक पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

कर्णाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिइ गएको टोलीले भेरीगङ्गा नगरपालिका– १३ सुर्खेत भेरीपुलस्थित सडकखण्डमा सवारी जाँच क्रममा उनीहरुलाई पक्राउ गरेको हो । 

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर नगद रकम दिन खोजेकाले उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।
    
प्रहरी निरीक्षक आचार्यले जाँचका क्रममा ना४ख २८२४ नम्बरका ट्रक चालक धनगढी उपमहानगरपालिका– ४ कैलाली निवासी २८ वर्षीय विवेक सिंह, ना५ख ९६२४ नम्बरका ट्रक चालक सीतगङ्गा नगरपालिका– ९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना७ख ७०२४ नम्बरकाट्रक चालक भरतपुर महानगरपालिका– ९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे१ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका २४ वर्षीय कमल रजा पक्राउ परेको बताए । पक्राउपर्ने सहचालकमा बा३ख ६२१२ नम्बर बसका सहचालक कोहलपुर नगरपालिका– १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे१ज ६५५ नम्बर विङ्गर चालक राप्ती सुनारी गाउँपालिका– २ बाँकेका २१ वर्षीय प्रमोद विक रहेको उनले जनाए । प्रहरी निरीक्षक आचार्यका अनुसार पक्राउ परेका सबै चालकलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  २३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro