site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तिम चरणमा हुम्ला विमानस्थलको घेराबार

काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलको घेराबार कार्य अन्तिम चरणमा पुगेको छ । समयमै काम सम्पन्न गरेर पुरस्कृत हुने लक्ष्यका साथ घेराबार कार्य अगाडि बढाइएको निर्माण कम्पनीले जनाएको छ । 

बानियाँ निर्माण सेवा पालिका प्रतिनिधि दानबहादुर रावतले निर्माण कम्पनीले सझौता अवधीमै काम सम्पन्न गर्ने उद्देश्य राखेको बताए । विमानस्थलको घेराबारको काम ८० प्रतिशत सकिएको उनले बताए । 

गत असोज १७ बाट काम सूरू भएको विमानस्थल घेराबारका लागि २ करोड २९ लाख रूपैयाँ स्वीकृत गरिएको थियो । १० वर्ष अगाडि घेराबार गरिएको विमानस्थल जिर्ण बन्दै र फलामेतारलाई खियाले खाँदै जाँदा पुन घेराबार गर्नुपर्ने भएको थियो । 

ठेक्का सम्झौता अनुसार घेरबार गर्नुपर्ने १ हजार ४१० मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म १ हजार १ सय मिटर काम सम्पन्न भइसको छ । 

विमानस्थल घेराबारको काम तीव्र गतिमा बढ्दा स्थानीय खुसि भएको विमानस्थल टिकट काउन्टरमा काम गर्दै आएका नुर्बु लामाले बताए । “विमानस्थल घेराबार हुँदा गाईवस्तु, कुकुर बालबालिका छिर्ने डर थियो । अहिले नयाँ घेराबार हुँदा समस्या समाधान भएको छ । विमान आउँदा झोपा, चौरीगाई, गाईवस्तु, कुकुर बालिबालिकालाई हटाउन कर्मचारी कुदिरहनु पथ्र्यो । दुर्घटनाको पनि उच्च जोखिम थियो,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro