काठमाडौं । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरेर लोकतन्त्रको हत्या गरेको भन्दै राष्ट्रपति भण्डारीले त्यसलाई सदर गरेर मतियार बनेको आरोप लगाएका छन् ।
उनले संविधानको पालना र रक्षामा राष्ट्रपति भण्डारी पनि चुकेको बताए । उनले भने, “प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमलाई सदर गरेर राष्ट्रपति भण्डारी लोकतन्त्र र संविधानको हत्याको मतियार बन्नुभएको छ ।” संविधानको धारा ६३ (४) ले राष्ट्रपतिलाई संविधानको पालनकर्ता भनेको उल्लेख गर्दै त्यस अनुसारको भूमिका नभएको तर्क गरे ।
उनले भने, “राष्ट्रपतिले सिफारिश फिर्ता पठाउनुपथ्र्यो पठाउनुभएन ।” आफूले संसद विघटनको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जान लागेको बताए । उनले भने, “संविधानको हत्या गरेकोले सर्वोच्च अदालतले बदर गर्नुपर्छ । बहुमतको सरकारले विकल्प हुँदा हुँदै संसद बिघटन गर्द सक्दैन ।”