राजनीति
काठमाडौं । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरुद्ध खतरनाक कदम चालेको तर्क गरेका छन् । उनले भनेका छन्, “यो कदम राष्ट्र, जनता, संविधान र व्यवस्थाको विरुद्ध छ ।”
नेपालको राजनीतिलाई अस्थिरता, अन्यौलको दलदलमा फसाउने कदम चालेको भन्दै अब सडकबाट परास्त गर्नुपर्ने बताए । देशलाई संकटमा धकेलेर प्रधानमन्त्री ओलीले गम्भीर भुल गरेको उनको भनाई थियो ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १९:१६
प्रतिक्रिया दिनुहोस्