राजनीति
काठमाडौं । नेपाल बार एशोशिएसनका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संसद विघटनलई २०७२ सालको संविधानको अन्त्य भनेका छन् । रिपोर्टस क्लबमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“संविधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद बिघटनको अधिकार नदिएको हुँदाहुँदै पनि बिघटन गरेर देशलाई निरंकुशतातर्फ लगेको छ,” उनले भनेका छन्, “संसद बिघटन हुनु २०७२ सालको संविधानको अन्त हुनु हो । मुलुक निरंकुशतातर्फ गयो र यो ज्ञानेन्द्र शाहको जस्तै शासन हो ।”
उनले फेरि आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १९:१५
प्रतिक्रिया दिनुहोस्