राजनीति
काठमाडौं । नेकपाका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । संसद्मा आज बिहान दर्ता गराइएको अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका लागि प्रचण्डलाई अगाडि सारिएको छ ।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसलाई प्रधानमन्त्री बनाउने पनि खुलाउनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १०० मा रहेको सोही व्यवस्थाअनुसार प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै सांसदहरुले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १७:०९
प्रतिक्रिया दिनुहोस्