राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका विषयमा निर्वाचन आयोगसँग छलफल गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ मा दुई चरणमा हुने गरी निर्वाचन घोषणा गरेलगत्तै ओलीले आयोगसँग छलफल गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा बालुवाटारमा छलफल गरेका हुन् । छलफलमा गृहमन्त्री रामबबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुख सुवास नेम्वाङ पनि सहभागी थिए ।
-फाइल तस्बिर
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १७:०२
प्रतिक्रिया दिनुहोस्