राजनीति
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा चुनावको मिति तय गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले दिएको जानकारीअनुसार १० दिनको समय राखेर भन्दा एकैपटक निर्वाचन गराउँदा राम्रो हुने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।
१० दिनको समय राख्दा मतगणनामा पनि समस्या पर्न सक्ने आयोगको सुझाव थियो । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते निर्वाचनको मिति प्रस्ताव गरेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १७:०२
प्रतिक्रिया दिनुहोस्