राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।
“गत आम निर्वाचनबाट झन्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसद्को कार्यकाल दुईवर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भत्सर्नायोग्य छ,” विज्ञप्ति जारी गर्दै भनेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १५:५६
प्रतिक्रिया दिनुहोस्