site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अख्तियारमा देउवाको जोडमा आयुक्त सिफारिस, कहाँ को (सूचीसहित)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियारसहित सबै आयोगहरुमा रिक्त पदमा पूर्तिका लागि सिफारिस गरेको छ । परिषद् स्रोतले दिएको जानकारी अनुसार अख्तियार प्रमुखमा प्रेम राईसहित आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरिएको छ ।
चन्दलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडमा सिफारिस गरेको स्रोतको दाबी छ । 

निर्वाचन आयोगमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरलाई सिफारिस गरिएको छ । मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरलाई सिफारिस गरिएको छ भने सदस्यमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली बस्नेत थापा, मिही ठाकुरलाई सिफारिस गरिएको छ ।  वित्त आयोगको सदस्यमा जुध्द गुरुङ र अमरराज मिश्रलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली, सदस्यमा किष्ण कुमारी पौडेल खतिवडा, बित्ताकुमारी सिन्हालाई सिफारिस गरिएको छ ।   दलित आयोगको अध्यक्षमा देवराज विक दाङ अध्यक्षमा सिफारिस गरिएको छ भने सदस्यमा मीना सोव, परशुराम रम्तेल, टुन्ज बराइली, मेधेली पार्कीलाई सिफारिस गरिएको छ । 
समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्रीलाई सिफारिस गरिएको छ । आयुक्तमा रामचन्द्र जोशी, हरिदत्त जोशी, जितेन्द्र पासवानलाई सिफारिस गरिएको छ ।

आदिवासी आयोग रामबहादुर थापा अध्यक्षमा सिफारिस भएका छन् भने सदस्यमा मीन श्रीष मगर गुल्मी, मिनचुङ लामा, रिना राना स्याङजा र शरण राईलाई सिफारिस गरिएको छ । मधेसी आयोगमा सदस्य जीवच्छ साहलाई सिफारिस गरिएको छ ।  सदस्यमा रेणुदेवी साह, विजय गुप्तालाई सिफारिस गरिएको छ । 
थारु आयोगमा विकास चौधरी र भोलाराम चौधरीलाई सिफारिस गरिएको छ ।

Royal Enfield Island Ad

मुस्लिम आयोगको सदस्यमा मोहम्मद अलि र मिर्जा अरसद बेगलाई सिफारिस गरिएको छ । मंसिर ३० गते  नै केही नाम सिफारिस गरिएको भए पनि नामावलीका बारेमा भने जानकारी नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro