राजनीति
काठमाडौं । संवैधानिक आयोगहरुमा रिक्त रहेको ४५ पदमै संवैधानिक परिषद्ले सिफारिस गरेको छ । स्रोतका अनुसार मंसिर ३० गते बसेको बैठकले रिक्त सबै पदमा सिफारिस गरेको हो । उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राईको नाम सिफारिस भएको स्रोतले जनायो ।
उनलाई सिफारिस गरिएको पत्र संसद सचिवालयमा भने नआइसकेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए ।
सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो । त्यसको भोलिपल्ट मंसिर ३० गते बसेको बैठकले रिक्त संवैधानिक निकायका पदहरुमा सिफारिस गरेको हो । कुन कुन संवैधानिक निकायमा ककसलाई सिफारिस गरियो भन्नेबारे गोप्य राखिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १५:१६
प्रतिक्रिया दिनुहोस्