site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् विघटन : उद्योगी व्यवसायीले भने- निजी क्षेत्रलाई निरुत्साही बनाउँछ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्‍त्री केपी शर्मा ओलीको प्रस्तावले निजी क्षेत्रलाई निरुत्साहित बनाउने उद्योगी व्यवसायीले बताएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले संसद् विघटन राजनीतिक कुरा भए पनि यसले नीतिगत अस्थिरता ल्याउने बताए । विगतमा राजनीतिक अस्थिरता हुँदा विदेशी लगानीसहित स्वदेशी लगानीसमेत प्रभावित भएको भन्दै पुनः त्यही अवस्था आउन सक्ने बताए । “हिजो अस्थिर सरकार हुँदा विदेशीसहित स्वदेशी लगानी पनि अगाडि आउन सकेको थिएन । निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार आयो भनिएको थियो । अब फेरि संसद् विघटनको कुराले अस्थिरता ल्याउँछ । यसले निजी क्षेत्रलाई निरुत्साही बनाउँछ,” उनले बाह्रखरीसँग भने ।

उद्योगी पवन गोल्यानले संसद् विघटन कुनै पनि हिसाबले सही नभएको बताए । “कोभिड १९ ले अर्थतन्त्र थलिएको थियो । भी आकारमा अर्थतन्त्रलाई उठाउन कोसिस भइरहेको बेलामा अब अस्थिरता बढ्ने भयो । यो पटक्कै राम्रो होइन,” उनले भने । सरकारको यो कदमले निजी क्षेत्रलाई निरुत्साहित बनाउने उनले बताए । “म आफैंले धागो उद्योग विस्तार गर्न लागेको छु । बैंकबाट ऋणको विषय पनि मिलिसकेको छ । अब देश चुनावमा जाने हो भने वातावरण के हुन्छ ? वातावरण हेरेर मात्रै लगानी थप्ने सोंचमा पुगेको छु । आगामी वातावरणलाई नहेरी कसरी लगानी थप्न सकिन्छ ?” गोल्यानले भने ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro