राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले प्रधानमन्त्रीसमेत रहेका आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानको अपहरण गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने प्रस्ताव गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
“केपी ओलीले फेरि हाम्रो एकमात्र उपलब्धी नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔ,” उनले ट्विट गरेका छन् ।
संसद् विघटनको विषयलाई लिएर नेकपाभित्रै विभाजन देखिएको छ । अध्यक्ष ओली पक्षधर सो प्रस्तावको पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर विपक्षमा देखिएका छन् ।
-फाइल तस्बिर
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १४:१३
प्रतिक्रिया दिनुहोस्