राजनीति
काठमाडौं । नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम नियालिरहेको बताएको छ । सेनामा प्रधानमन्त्रीको पछिल्लो कदमबारे अनौपचारिक छलफलसमेत भएको छ ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने, “हाम्रो चासो भनेकै सुरक्षा चासो हो । सेनाको जिम्मेवारी संविधानले नै तोकेको छ । राजनीतिक घटनाक्रममा चासो लिनु सामान्य कुरा हो । बेलाबेला हामीले मुलुकका घटनाक्रमबारे छलफल भने गर्दै आएका छौँ ।”
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १४:०५
प्रतिक्रिया दिनुहोस्