राजनीति
काठमाडौं । राष्ट्रपति कार्यालयले संसद् विघटनसम्बन्धी कुनै प्रस्ताव नआएको बताएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री राष्ट्रपतिसँग भेट गरेर फर्किए पनि अहिलेसम्म कुनै लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा गएको छैन ।
‘‘अहिलेसम्म मन्त्रिपरिषद्को कुनै पनि लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा आएको छैन,’’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने, ‘‘प्रधानमन्त्री राष्ट्रपतिसँग भेट गरेर फर्कनुभएको छ । तर, कुनै प्रस्ताव यहाँ आएका छैनन् ।’’
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १३:५२
प्रतिक्रिया दिनुहोस्