राजनीति
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रचण्डनिवास खुमलटारमा बसेको बैठकमा संसद् विघटनको प्रस्ताव र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितिबारे छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने प्रस्तावविरुद्ध राजनीतिक र संवैधानिक कदम चाल्ने निर्णय भएको झलनाथ खनालले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्ड, नेताहरु माधव नेपाल, खनालसहितका नेताहरु सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १३:१७
प्रतिक्रिया दिनुहोस्