राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेर फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास पुगेका थिए । उनी शीतलनिवासबाट केहीबेरअघि बाहिरिएका हुन् ।
ओली अहिले प्रधानमन्त्री निवास बालुवाटारमै रहेको स्रोतले जानकारी दियो । यसअघि आजै मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १३:१४
प्रतिक्रिया दिनुहोस्