site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिनायकवादी आकांक्षाको अन्तिम प्रयत्‍नलाई असफल पार्न राष्ट्रपतिलाई कांग्रेसको अपिल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको संसद विघटन गरेर अधिनाकयवाद लागु गर्ने अन्तिम प्रयन्त असफल पार्न अपिल गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘यो कदम संविधानको अक्षर, मर्म र भावनाविपरीत छ । नेपाली कांग्रेसले यसलाई राजनीतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्नेछ ।’’

KFC Island Ad
Dabur Nepal
NIC Asia

विज्ञप्तिमा चुनावका बेला स्थिरताको नारा दिएर झुक्याउँदै अहिले जनतालाई धोखा दिएको उसको विज्ञप्तिमा भनिएको छ । ‘‘चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्‍ने प्रवृत्ति निन्दनीय छ,’’ विज्ञप्तिमा भनिएको, ‘‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जित-हारको द्वन्द्व आफैंमा लज्जास्पद थियो र छ । विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइनेछ ।’’

कांग्रेसले सरकारको असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गर्दै अविभावकीय जिम्मेवारी बहन गर्न राष्ट्रपतिलाई अपिल गरेको छ । 

Royal Enfield Island Ad

‘‘प्रधानमन्त्रीको यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्ररक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ-संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले लिने आवश्यक कदम र थप धारणा आजै बस्ने पदाधिकारी बैठकबाट सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro