site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले पार्टीभित्र बहुमत गुमाइसके : माधव नेपाल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमत गुमाइसकेको बताएका छन् । 

उनले संसद विघटन गर्ने प्रधानमन्‍त्री ओलीको  सिफारिस संविधानको भावनाविपरीत रहेको बताएका छन् । ‘‘संसदीय दलमा पनि विश्वास छैन । राष्ट्रपतिकहाँ मन्त्रीसहित ९५ जना सांसद्‌को हस्ताक्षरसहित आवेदन बुझाएका छौं । संसदीय दलमै बहुमत छैन,’’ नेता नेपालले भने, ‘‘संसदभित्र नेपाली कांग्र]स तथा जनता समाजवादी पार्टीसहित जोड्दा ओलीको विपक्षमा अत्याधिक बहुमत छ ।’’

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले कोही पनि संसद् विघटनको पक्षमा नरहेको बताएका छन् । ‘‘हामी छैनौं । नेकपा दलमा पनि यसबारे छलफल गरिएको छैन । यो अस्वभाविक कदम हो,’’ उनले भने, ‘‘निन्दनीय, भर्त्सनायोग्य, लज्जास्पद छ । ओलीको कदमले लोकतन्त्रमाथि गम्भीर आघात पुर्‍याएको छ । लोकतन्त्रलाई बलियो बनाउनुपर्ने अवस्थामा यस्तो निर्णय गरियो ।’’

उनका अनुसार आज १ बजे नेकपाको बैठक छ । ‘‘उहाँ त्यहाँ आउनुपर्ने थियो, आफ्ना कुरा राख्नुपर्ने थियो । हठात निर्णय गर्नुभयो । गलत हो र अस्वीकार्य छ,’’ वरिष्ठ नेता नेपालले भने ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro