राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाए । मन्त्रिपरिषद्को बैठक सुरू हुनासाथ प्रधानमन्त्री ओलीले अध्यादेश औपचारिकरुपमा फिर्ता लिनुपर्ने भन्दै प्रस्ताव राखे र आफ्नो कुरा अघि बढाए । उनले पार्टीभित्रको परिस्थितिले नयाँ जनादेशमा जानुपर्ने अवस्था आएको बताएका थिए ।
“परिस्थितिले नयाँ जनादेशमा जानुपर्ने अवस्था आयो । अरु विकल्प भएन,” प्रधानमन्त्रीको भनाइ थियो । मन्त्रीहरू घनश्याम भुसाल, वर्षमान पुन र योगेश भट्टराईले रोक्न खोजेका थिए । उनीहरूले पहिले पार्टीमै छलफल गरेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १२:०३
प्रतिक्रिया दिनुहोस्