राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको गलत कदम राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् ।
उनले पार्टीभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्री ओलीको संसद् विघटनको सिफारिस असंवैधानिक र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् ।
“आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवारपूर्ण छ,” महामन्त्री कोइरालाले भने, “यसले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउनसक्छ । यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्छ ।”
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १२:०१
प्रतिक्रिया दिनुहोस्