राजनीति
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गरेपछि विराटनगरमा रहेको कोइराला निवासमा उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दल र कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्ने बताए । उनले भनेका छन्, ‘‘राष्ट्रपतिले विपक्षी दल र कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्छ ।’’
उनले यो कदम असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले यसको विरोध गर्नेसमेत बताए ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ ११:४७
प्रतिक्रिया दिनुहोस्