राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान संविधानमा संसद् विघटनको प्रावधान नभएको बताएका छन् ।
संसद् विघटनको सिफारिस राष्ट्रपतिले स्वीकार गर्न नहुने र फिर्ता गर्नुपर्ने उनको भनाइ छ ।
‘‘मन्त्रिपरिषद्बाट संसद् विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ,’’ उनले ट्वीटमा लेखेका छन्, ‘‘यो संविधानविपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्रहितविपरीत छ । अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।’’
उनले उक्त कदमको भर्त्सनासमेत गरेका छन् ।
फाइल तस्बिर ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ ११:४४
प्रतिक्रिया दिनुहोस्