site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तुलसीपुरमा तीन सयलाई रोजगार
Sarbottam CementSarbottam Cement

दाङ । तुलसीपुरमा पहिलो चरणमा तीनसय बढीले रोजगार पाउने भएका छन् । उपमहानगरपालिकामा बेरोजगारमा सूचीकृत भएका दुई हजार दुई सय ८१ जनामध्ये ३२७ जनाले पहिलो चरणमा एक सय दिनको रोजगारी पाउने भएका हुन् ।

रोजगारीका लागि रूपान्तरण पहल आयोजना (युवारूप) बाट सय जनालाई रोजगारी दिन ५१ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २२७ जनालाई एक करोड, १७ लाख ३६ हजार बजेट विनियोजन गरिएको तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक किरण गौतमले जानकारी दिए । रोजगारमा लाग्नेलाई दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिइनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो चरणमा रोजगार पाउनेमा तुलसीपुर उपमहानगरपालिका वडा १ बाट १६ जना, २ बाट १३, ३ बाट २९, ४ बाट १०, ५ बाट ६, ६ बाट १८, ७ बाट ११, १० बाट १४, ११ बाट ४५, १२ बाट ११, १३ बाट १०३, १४ बाट १, १५ बाट १० , १६ बाट ४, १७ बाट ७, १८ बाट ७ र १९ नम्बर वडाबाट २२ जना छन् । उपमहानगरपालिकाका ८ र ९ नम्बर वडा रोजगारीको सूचीमा कोही छैन ।

तुलसीपुरमा बेरोजगारमा सूचीकृतका लागि साउन ८ देखि भदौ ७ गतेसम्म म्याद राखेर सूचना जारी गरिएको थियो । बेरोजगार छनोटका लागि आठवटा मापदण्ड बनाएर रोजगार व्यवस्थापन सूचना प्रणालीद्वारा स्वचालित विधिबाट छनोट गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक गौतमले बताए ।

Global Ime bank

पहिलो चरणमा परकाले एक सय दिन काम गरिसकेपछि अन्य बेरोजगारलाई नम्बरका आधारमा पुनः एक सय दिनको रोजगारी दिइनेछ । यद्यपि अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकामा काम पाउनेको सूचीमा परे पनि काम भने सुरु भएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC