site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘अस्वस्थ’ एआईजी बढुवाले प्रहरीको चेन अफ कमान्ड कमजोर बनाउने खेल !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा पाँच डीआईजी र एक एआईजीको समेत दरबन्दी थप्यो । मन्त्रिपरिषद निर्णयकै आधारमा एआईजीमा विश्वराज पोखरेलको बढुवा पनि भयो । थपिएको एआईजीको दरबन्दीले प्रहरीभित्र तरंग ल्याएको छ । 
थपिएको दरबन्दीले सबैभन्दा ठूलो नैतिक संकट परेको छ प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई । 

पहिलो कुरा त एआईजी थप्ने निर्णयबारे गृह मन्त्री रामबहादुर थापा, गृह सचिव महेश्वर न्यौपाने र आईजीपी क्षेत्री बेखबर थिए ।  यी तीनै व्यक्ति हुन् जसले नेपाल प्रहरीको हरेक निर्णयमा निर्णायक भूमिका खेल्छन् । तर यसपटक उनीहरु बेखबर बने । कारण थियो डीआईजी विश्वराज पोखरेललाई एआईजी बनाएर आईजीपी बनाउने मार्ग प्रशस्त गर्न ईश्वर पोखरेलको दबाबमा निर्णय भएको थियो । 

उपप्रधानमन्त्री पोखरेल निकट मानिएका विश्वराज पोखरेललाई एआईजी बनाउन गरिएको प्रहरीमा हस्तक्षेपले सम्भावना बोकेका अधिकृत निसानामा पर्न सक्ने प्रहरी अधिकृतहरूको धारणा छ । पोखरेलसँगै उनका ब्याची सहकूल थापा, धिरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी पनि थिए । 
तर पोखरेललाई आईजीपी बनाउनकै लागि एआईजीको एक दरबन्दी थप गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्को पक्ष के छ भने आईजीपी शैलेश थापा क्षेत्री र अन्य तीन एआईजीको कार्यकाल अझै १८ महिना बाँकी छ । यस्तोमा एकजना मात्र एआईजीको दरबन्दी थपिनुले आईजीपी कमजोर बनाउने खेल र संगठनकै ‘चेन अफ कमान्ड’ टुट्न सक्ने प्रहरीकै अधिकारीको तर्क छ ।  यसले स्वयम् आईजीपीलाई समेत कमजोर बनाउने सम्भावना बढेको एक उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा बताए ।

आईजीपीकै ब्याची एसएसपी छन् । जुनियर ब्याचका पोखरेल एआईजी बढुवामा सिफारिस भएका छन् । यसले संगठनमा ठूलो निरासा बढाएको प्रहरी अधिकारीको गुनासो छ । सरकारले आफ्नो स्वार्थका लागि दरबन्दी थपघट गर्ने कार्यले प्रहरीलाई कमजोर बनाउने गरेको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । 
मल्ल राजनीतिक स्वार्थमा लागि प्रहरीको प्रयोग गर्न नहुने तर्क गर्छन् । 

Global Ime bank

१८ महिनापछिको आईजीपीको टुङ्गो अहिले लाग्दा बहालवाला आईजीपीलाई संगठनमै नटेर्ने र बढुवा भएका एआईजी छाया आईजीपी बन्ने खतरा प्रहरी अधिकारी देख्छन् ।  यसअघि यस्तै प्रकारको घटना ०५९ सालमा पनि हुँदा चेन अफ कमान्डमा ठूलो समस्या देखिएको प्रहरी अधिकारीहरुको तर्क छ । तत्कालीन समयमा श्यामभक्त थापा आईजीपी हुँदा राजेन्द्रबहादुर सिंहलाई एआईजी बनाइएको थियो । 

आईजी बहालमै रहेको अवस्था भावी आईजीपी को हुने भन्ने टुङ्गो लागेपछि बहालवाला आईजीपीलाई संगठनभित्रै कतिपयले टेर्न छाडेको त्यसबेलाका एक पूर्वप्रहरी अधिकारीले जानकारी दिए । यस्तै समस्यामा आइजीपी शैलेश थापा क्षेत्री पनि पर्नसक्ने वहालवाला उच्च प्रहरी अधिकृत बताउँछन् । 
पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस भएसँगै भावी आईजीपीमा अन्य प्रतिष्पर्धीको सम्भावना लगभग सकिएको छ । 

तीन एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्न कार्की हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाकै ब्याची हुन् ।  हालका आईजीपी र उनीसँगै तीन एआईजीको कार्यकाल पनि ०७९ वैशाख १९ मा सकिँदैछ ।  यस्तोमा एआईजी विश्वराज पोखरेल आइजीपीको निर्विकल्प एकल प्रतिष्पर्धी हुनेछन् ।  डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि उनलाई तत्कालीन रक्षामन्त्री पोखरेलकै दबाबमा १९ वैशाख ०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो । पोखरेलभन्दा सिनयर ब्याचका अन्य एसएसपी थिए । 

एसपी हुँदासम्म पोखरेल बरीयतामासमेत अगाडि थिएनन् । धिरजप्रताप सिंह, वसन्त लामा, रविन्द्र धानुक, उत्तमराज सुवेदी हाल डीआइजी छन् ।  उनीहरु सबै आईजीपीको प्रतिस्पर्धामा थिए । तर अब आईजीपीको बाटो बन्द भएपछि उनीहरुले प्रहरी महानिरीक्षकसँग यस विषयमा कुराकानी गरेको स्रोतले जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय