अर्थ व्यवसाय
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । प्रि-ओपन सेसनमा बजार परिसूचक नेप्से १९.९७ अंकले वृद्धि हुँदा १८९४.७९ अंकमा पुगेको छ ।
२०७३ साउनमा १८८१ अंकसम्म पुगेको नेप्से आज प्रि-ओपन सेसनमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
प्रि-ओपन सेसनमा ६३ कम्पनीको १६ हजार १८१ कित्ता सेयर कारबार हुँदा ० लाख ४ हजार ७०९ रुपैयाँको कारोबार भएको छ । प्रि-ओपन सेसनमा ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनी सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७ ११:०४
प्रतिक्रिया दिनुहोस्