site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 कोरोना संक्रमणबाट शिक्षाविद्‌ चिन्ताबहादुर बुढाथोकीको निधन
Sarbottam CementSarbottam Cement

दाङ । शिक्षाविद् चिन्ताबहादुर बुढाथोकीको ६७ वर्षको उमेरमा निधन भएको छ । शिक्षाविद् बुढाथोकीको शनिबार राति साढे ११ बजे कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । 

लामो समयदेखि निमोनियाबाट थलिएका बुढाथोकीलाई पछिल्लो चरणमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो । बुढाथोकीको सघन कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो । हिजो शनिबार उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

२०२४ सालदेखि श्री सिद्ध रत्‍ननाथ नमुना उमावि, नारायणपुरमा कार्यरत रहेका बुढाथोकी २०३४ सालमा माध्यमिक तहको नियुक्ति पाएर मावि नारायणपुरबाट शिक्षण पेशामा प्रवेश गरेका हुन् । माध्यमिक तहको प्रथम श्रेणीमा बढुवा भएपछि सोही विद्यालयको सहायक प्रधानाध्यापक तथा प्रधानाध्यापक समेत रहेर जिम्मेवारी निभाएका थिए ।

नेपाल शिक्षक संघ दाङको अध्यक्ष, नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष, नेपाल शिक्षक युनियन, दाङ शाखाको जिल्ला अध्यक्ष, जिल्ला शिक्षा समिति, दाङको सदस्य, सार्क स्तरीय शिक्षक युनियनको कोषाध्यक्षको समेत जिम्मेवारी लिएर शिक्षाको क्षेत्रमा काम गरेका थिए ।

Global Ime bank

बुढाथोकी शिक्षा मन्त्रालयबाट २ पटक पदक तथा सम्मान पत्रबाट सम्मानित भएका थिए । २०७३ सालमा जागिरे जीवनबाट अवकास भएपछि मावि नारायणपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर शैक्षिक उन्नयनका लागि काम गरेका थिए  । बुढाथोकीले लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC