site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यक्ष राणा भन्छिन्- वरिष्ठ उपाध्यक्षका उमेदवार प्रधान र ढकाललाई मिलाउने प्रयास जारी छ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उमेदवार किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छन् ।

दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकाले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताइन् । बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफूले एकपटक फेरि दुवै उमेदवारलाई एक ठाउँमा राखेर कुरा गर्नेसमेत बताइन् । ‘‘अध्यक्षका रुपमा मैले दुवै जनालाई एउटा सशक्त उमेदवारका रुपमा देख्छु । दुईजना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ,’’ उनले भनिन्, ‘‘अब निर्वाचनको समय पनि आयो । तिहार सकिएको अवस्था छ । छठपछि एकचोटि दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेकी छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नु पनि पर्छ ।’’

महासंघको हितका लागि भए पनि दुवैजनाले त्याग गर्नसक्नुपर्ने उनले बताइन् । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाको भनाइ छ । उनले भनिन्, ‘‘दुवै जनालाई एकपछि अर्को गरेर मिल्न आउनुस् भनेर आह्‍वान पनि गरेकी छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितका लागि त्याग गर्न सक्नुपर्‍यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नका लागि मेरो फेरि एकचोटि अन्तिम प्रयास रहनेछ ।’’

Royal Enfield Island Ad

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालले आ-आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो । पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण हुन सकेको थिएन ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro