देश
काठमाडौं । विभिन्न मुद्दा तथा उजुरीका आधारमा पक्राउ परेका अभियुक्तलाई अव प्रहरीले सार्वजनिक नगर्ने भएको छ । कुनै पनि मुद्दा वा उजुरीका आधारमा पक्राउ परेका नागरिकलाई प्रहरीले यस अघि अभियुक्त भन्दै सार्वजानिक गर्दै आएको थियो ।
अदालतबाट दोषी नठहरिएसम्म पक्राउ परेकाहरुलाई सार्वजानिक नगर्न भन्दै प्रहरी मुख्यालयले देशभरका प्रहरी कार्यालयमा पत्राचार गरेको प्रहरी प्रवक्ता डीआईजी माधव जोसीले बताए ।
“प्रहरीले पक्राउ गरेका ब्याक्तिहरु विभिन्न कसुरमा संलग्न हुन्छन्, त्यसैले प्रहरीले उनीहरुले गरेको अपराधसँगै उनीहरुलाई पनि सार्वजानिक गदै आएको थियो,” प्रवक्ता जोशीले बाहखरीसँग भने, “अभियुक्त भन्दै हामीले मुद्दा चलाएका कतिपय ब्यक्तिहरु निर्दोष सावित भएका हुन्छन्, अपराधीहरुले सोझासिधालाई प्रयोग गरेका हुन्छन् त्यसैले मुख्यालयले मुद्दाको किनारा नलागुनजेलसम्म पक्राउ परेका ब्यक्तिलाई सार्वजानिक नगर्न निर्देशन दिएको छ ।”
प्रहरीले अबदेखि कुनै पनि ब्यक्तिले गरेका अपराध र विभिन्न गतिविधि बारे लिखित रुपमा मात्र सार्वजानिक गर्नेछ । उनीहरुको तस्बिर भने सार्वजानिक हुने छैन ।
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३ १४:०६
प्रतिक्रिया दिनुहोस्