काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ग्रानाडालाई २-० गोल अन्तले सोसिडाडले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सोसिडाडलाई जित दिलाउन नाचो मोन्रेला र मिकेल ओर्जेबालले एक–एक गोल गरे । खेलको २२औं मिनेटमा मोनरेलले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाए ।
२७औं मिनेटमा मिकेलले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । सोसिडाड खेलको ८६औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । सोसिडाडका रोविन लोमान्डले रातोकार्ड खाँदै मैदान बाहिर गए ।
जितसँगै सोसिडाडले ९ खेलबाट २० अंक जोडेको छ । सोसिडाड लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ग्रानाडा ८ खेलबाट १४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।