site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा महिलाभन्दा तीन गुणा बढी पुरुष संक्रमित
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा महिलाहरुको तुलनामा पुरुषहरुमा तीन गुणा बढी कोरोना संक्रमण देखिएको छ । जिल्लाको तथ्यांकअनुसार करिब साढे ५ महिनाको अवधिमा २ हजार १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये तीन गुणा बढी अर्थात १ हजार ६ सय १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार जिल्लामा हालसम्म ५ सय १ जना महिलामा मात्र कोरोना संक्रमण देखिएको छ । महिलामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले यस्तो असर देखा परेको विशेषज्ञहरुले दाबी गरेका छन् । विशेषज्ञका अनुसार पुरुषको तुलनामा महिलामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । कोरोना मात्र नभएर कुनै पनि भाइरसले महिलालाई पुरुषको तुलनामा अलि कम असर गर्छ ।

"पुरुषमा बढी संक्रमण देखिनुको अर्को कारण भनेको सामाजिक रूपमा बढी हेलमेल हुनु र गतिविधि गर्नु हो । महिलाहरू बाहिर अलि कम निस्कन्छन् । उनीहरूले सामान्यतः अरु बेला पनि सामाजिक दूरी कायम गरिरहेका हुन्छन," सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भन्‍ने, "भाइरसलाई सक्रिय हुनका लागि जुन प्रोटिनको आवश्यकता हुन्छ, त्यो ‘एक्स क्रोमोजोम’मा हो । महिलाहरूमा ‘एक्स क्रोमोजोम’ दुई वटा हुन्छन् । जबकि, पुरुषमा एउटा मात्र हुन्छ । त्यसैले महिलाहरूसँग कुनै पनि भाइरसको प्रकोप झेल्ने क्षमता बढी हुने गरेको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लाको तथ्यांकअनुसार घोराहीमा २ सय ५३ जना, तुलसीपुरमा १ सय ८ जना, लमहीमा ५६ जना, शान्तिनगरमा २४ जना, राप्तीमा १६ जना, बंगलाचुलीमा १५ जना, राजपुरमा ११ गढवामा ९ जना, बबईमा ८ जना र दंगीशरणमा १ जना महिलामा कोरोना संक्रमण देखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका सूचना व्यवस्थापन अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए ।

त्यसैगरी घोराहीमा ६ सय ४० जना पुरुष, तुलसीपुरमा ३ सय ७८ जना पुरुष, लमहीमा १ सय ६५ जना, बंगलाचुलीमा १ सय ४७ जना, शान्तिनगरमा ७१ जना, राप्तीमा ६५ जना, बबईमा ६१ जना, गढवामा ५२ जना, राजपुरमा २४ जना र दंगीशरणमा १५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमित महिलाहरुमध्ये ३ सय ५७ जना स्थानीय समुदायका, १ सय १४ जना भारतबाट घर फर्किएका, १८ जना स्वास्थ्यकर्मी, एकजना नेपाली सेनामा कार्यरत महिला र अन्य कार्यालयहरुका ९ जना महिलाहरु रहेका छन् ।

Global Ime bank

स्थानीय समुदायका पुरुषहरु ८ सय ५० जना, भारतबाट घर फर्किएका ६ सय २ जना, तेस्रो मुलुकबाट फर्किएका ४१ जना, नेपाली सेनाका ७८ जना, स्वास्थ्यकर्मी १८ जना, जनप्रतिनिधि ११ जना र अन्य कार्यालयका १८ जना घर १ हजार ६ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

१५ सय बढी संक्रमित निको भए

दाङमा करिब १५ सय बढी संक्रमित उपचारपछि कोरोनामुक्त भएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सोमबारसम्म जिल्लाका २ हजार १ सय १९ जना कोरोना संक्रमितमध्ये १ हजार ५ सय ५२ जना कोरोनामुक्त भएका छन् । केन्द्रका अनुसार घोराहीमा ८ सय ९३ जना संक्रमितमध्ये ५ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी तुलसीपुरमा ४ सय ८६ जनामध्ये ३ सय ४० जना, लमहीमा २ सय २१ जनामध्ये १ सय ४७ जना, बंगलाचुलीमा १ सय ६१ जनामध्ये १ सय ६० जना, शान्तिनगरमा ९५ जना संक्रमित मध्य ८५ जना, राप्तीमा ८१ जना मध्य ६१ जना,बबईमा ६९ जनामध्ये ६५ जना, गढवामा ६१ जना संक्रमित मध्य ५४ जना, राजपुरमा ३५ जना संक्रमित मध्य ३४ जना र दंगीशरणमा १६ जना कोरोना संक्रमितमध्ये १२ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कोरोना मुक्त हुनेमा १ हजार २ सय ६ जना पुरुष रहेका छन् भने ३ सय ४१ जना महिलाहरु रहेका छन् ।

५ सय ६९ जना उपचाररत

केन्द्रका अनुसार हाल जिल्लाका दश स्थानीय तहमा ५ सय ६९ जना कोरोना संक्रमितहरु रहेका छन् । उनीहरुमध्ये २ सय २९ जना पुरुष र ९१ जना महिला गरी घोराहीमा ३ सय २० जना, एक सय ६ जना पुरुष र २३ जना महिला गरी तुलसीपुरमा १ सय २९ जना, ५७ जना पुरुष र १६ जना महिला गरी लमहीमा ७३ जना, १७ जना पुरुष र ३ जना महिला गरी राप्तीमा २ जना, ९ जना पुरुष र एकजना महिला गरी शान्तिनगरमा १० जनामा उपचाररत छन् ।

त्यस्तै ५ जना पुरुष र २ जना महिला गरी गढवामा ७ जना, दंगीशरणमा ४ जना पुरुष, २ जना महिला र एकजना पुरुष गरी बबईमा ३ जना र राजपुरमा एकजना रहेका छन् । संक्रमितमध्ये कोरोना विशेष अस्पतालमा बेलुझण्डीमा २० जना, कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा १७ उपचाररत रहेका छन् भने ५ सय ३२ जना कोरोना संक्रमित होम आइसोलेसनका रुपमा घरमै बसेका छन् ।

१४ जना संक्रमितको मृत्यु

दाङमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये तुलसीपुरका ५ जना, घोराहीका ५ जना, लमहीका २ जना, राप्ती गाउँपालिकाका एकजना रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC