site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा बलात्कारविरुद्ध कालो पहिरनसहित कालो पट्टी बाँधेर प्रदर्शन

दाङ ।  दाङमा बलात्कारविरुद्ध प्रर्दशन गरिएको छ । कालो पहिरनसहित आँखामा कालो पट्टि बाँधेर सडकमै उत्रिएर सरकारविरुद्ध प्रर्दशन गरेको हो । 

'सरकार तेरो पाराले, दुःख पायो साराले', 'बलात्कार कहिलेसम्म, हामी चुप जहिलेसम्म', 'पितृसत्ताको नियमले हामलाई सधैं अन्याय गर्छ', 'अझै कति सहने, मेरो दोष कसरी', 'हामी चुप कहिलेसम्म', 'स्टोप रेपजस्ता नारा लेखिएका प्ले कार्ड'सहित किशोरीहरु प्रर्दशनमा उत्रिएका हुन् । 

Argakhachi Cement Island Ad

'सरकार तेरो पाराले दुःख, पायो सारा'ले भन्‍ने गीतमा समेत 'बलात्कारी होस गर' त भन्दै उनीहरुले नृत्य प्रर्दशन गरेका थिए । 

देशमा दिन प्रतिदिन बढ्दै गइरहेका बलात्कारका घटना न्युनिकरण गर्न र पीडकलाई कडा सजायका साथ कारबाही गर्न सरकार गम्भीर नदेखिएको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन् । कानुन र कानुन कार्यान्वयन गराउने निकाय पीडित मैत्री बन्‍न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १९:३०
प्रतिक्रिया दिनुहोस्