देश
काठमाडौं । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ ।
पूर्वी नवलपरासी बुलिङटार गाउँपालिका ३ सखुवामा सडक खन्नेक्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।
घटनास्थलबाट ५ जनाको शव संकलन गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयकी एसएसपी किरण रानाले जानकारी दिइन् । मृतक सबै बुलिङटार क्षेत्रका भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७ २१:४५
प्रतिक्रिया दिनुहोस्