site stats
बाह्रखरी :: Baahrakhari
देश
 नागमणि भन्दै ठगी गर्ने तीनजना पक्राउ 

दाङ ।  दाङ घोराहीका एक व्यक्तिबाट बहुमूल्य नागमणि भन्दै झन्डै करोड बढी रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं। १७ निवासी  माधवप्रसाद घिमिरेलाई एक करोड ८९ लाख ५० हजार रुपैया ठगी गरेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । 

Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा सल्यानको कुमाख गाउँपालिका वडा नं। ५ निवासी ३१ बर्षीय  कृष्ण शाह, शारदा नगरपालिका वडा नं. ९ निवासी ३० बर्षीय डिल्लीबहादुर बोहरा र दैलेख जिल्लाको नौमुरे गाउँपालिका वडा नं। ४ निवासी ३५ बर्षीय धनबहादुर रोका रहेका छन् । 

बाँकेका जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले उनीहरुलाई कात्तिक १५ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट ४० लाख नगदसहित  पक्राउ गरिएको जानकारी दिए ।  

 तीन जना मिलेर एउटा सानो चम्किलो बस्तु देखाएर  घिमिरेलाई भ्रममा पारी उनीहरुले उक्त रकम ठगी गरेको एसपी रानाले बताए । 

नागमणि आफुसंग राख्दा व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयू लामो हुने र घर परिवारमा सुख शान्ति र संम्बृद्धि हुन्छ भन्ने विश्वास दिलाएर उनीहरुले घिमिरेलाई ठगी गरेको एसपी रानाले बताए । 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार यसरी ठगी गर्ने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  २०:५०
प्रतिक्रिया दिनुहोस्