site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धनुषाको सबैला नगरपालिकामा विपन्‍नलाई राहत कार्ड
Sarbottam CementSarbottam Cement

जनकपुर । धनुषास्थित सबैला नगरपालिकाका १० जना विपन्‍न नागरिकले शुक्रबार एक समारोहबीच राहत कार्ड प्राप्त गरेका छन् । 

कोभिड १९ को कारण रोजगार गुमाएका तथा अति विपन्‍न नागरिकलाई खाद्यान्‍नलगायत सामग्री राहत स्वरुप उपलब्ध गराउन उक्त कार्ड वितरण गरिएको हो । माण्डवी नामक गैरसरकारी संस्थाले धनुषाको सबैला नगरपालिका र शहिद नगरपालिकाका दुई-दुई वटा वडाको दरले चार वडाका आठ सय ३५ घरधुरीलाई जनही साढे १३ हजार रुपैयाँ बराबरको सामग्री सहयोग उपलब्ध गराउने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सबैला नगरपालिकाको वडा नम्बर १२ का दुई सय १२ घरधुरी, वडा नम्बर १३ का एक सय ९० घरधुरी, शहिदनगर नगरपालिकाको वडा नम्बर ३ का दुई सय १४ घरधुरी र वडा नम्बर ७ का दुई सय १९ घरधुरीमा राहत वितरण गर्न लागिएको हो । 

स्थानीय तह र वडा कार्यसमितिको समन्वयमा संस्थाले अति विपन्न परिवारहरु छनौट गरिएको माण्डवीकी कार्यकारी निर्देशक अञ्जु झाले बताइन् । दैनिक ज्यालादारीको भरमा जसोतसो गुजारा चलाउने परिवारहरुको पहिचानगरी राहत सामग्रीका लागि प्रिपेड कार्ड वितरण गर्न लागिएको उनको भनाइ छ । सोही अनुरुप उद्घाटन स्वरुप शुक्रबार एक समारोहबीच सबैलाका नगर प्रमुख विजयशंकर साह र उपप्रमुख निलुदेवी कापरले १० जनालाई कार्ड वितरण गरेका हुन् । 

Global Ime bank

उक्त कार्ड प्राप्त गर्ने परिवारले एक महिनाभित्र स्थानीय बजारमा तोकिएका पसलहरुबाट लताकपडा, भाडाँवर्तन, औषधी र किरानाका सामान निःशुल्क खरिद गर्न पाउनेछन् । पहिलो चरणमा उनीहरुले लगातार दुई महिनासम्म यस्तो राहत पाउने छन् भने सकारात्मक प्रतिक्रिया आए माण्डवीले पाँच वर्षसम्म यस क्षेत्रमा काम गर्न सक्ने सम्भावना रहेको झाले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय