site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
  दाङमा ४५ वर्षीय विकमाथि आक्रमणको आरोपमा दुईजना पक्राउ  
Sarbottam CementSarbottam Cement

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्‍न भएको आरोपमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्‍न भएको अरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० पढ्ढा निवासी २४ बर्षीय अमृत चौधरी रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । उनीहरुको साथबाट एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्‍न रहेको अवस्थामा लगाएका कपडाहरु बरामद गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गम्भीर घाइते भएको विकको भारतको लखनउमा उपचार भइरहेको छ । कात्तिक १० गते दसैंको दिनको बेलुकी  तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीमा पुकार पसलबाट पढ्ढातर्फ जाने सडकमा विकलाई आक्रमण गरिएको हो । भाञ्‍जाको विवाहबाट भोजमा सहभागी भइ एक्लै घरतर्फ जाँदै गरेको अबस्थामा बिकमाथि आक्रमण भएको प्रहरीले बताएको छ । 
उनको खुट्टाको पैतला छिनिएको छ, भने हातको हत्केला र ढाडमा चोट लागेको छ । घटनामा अन्य व्यक्तीहरु पनि संलग्न हुनसक्ने भन्दै यस विषयमा अनुन्धान भइरहेको उनको भनाइ छ । एकान्त स्थानमा घटना भएको र स्थानीयहरुले पनि केही कुरा बोल्न नमानेकाले अनुसन्धानमा समस्या भएको उनको भनाई छ ।

सोही दिन तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीस्थित आशिष चौधरीको घरमा नाचगान भइरहेको समयमा स्थानीय दुर्गा प्रसाद चौधरीसँग विवाद हुँदा झडप भएको थियो । आक्रमणको क्रममा सोही ठाउँका ४२ बर्षीय सुसिल चौधरीसहित ११ जना व्यक्तिले दुर्गा प्रसाद चौधरीको टाउको लगायत शरिरका बिभिन्न अंगहरुमा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । 
उनको अहिले कोहलपुर उपचार भइरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । आक्रमणमा संलग्‍न ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य फरार छन् । तुलसीपुर  उपमहानगरपालिका वडा नं. १४ निवासी २२ वर्षीय विजय चौधरी, सोही ठाउँका २३ वर्षीय अशोक चौधरी, १८ वर्षीय तिलक चौधरी, २१ बर्षीय सुनिल चौधरी र २८ बर्षीय पवन चौधरी र १९ बर्षीय आशिष चौधरीलाई पक्राउ गरिएको छ ।

Global Ime bank

पक्राउ परेकाहरुमध्ये पवन चौधरी र अमृत चौधरी दुबै घटनामा संलग्न भएको पाईएको छ । नाचगान गर्ने क्रममा उत्पन्‍न विवादले नै यी दुई घटना निम्त्याएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।  एक घण्टाको फरकमा यी दुई घटना भएका थिए । आसपासमा प्रहरी चौकी नहुँदा पनि त्यस स्थानमा अपराधिक गतिबिधिहरु बढिरहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC