site stats
बाह्रखरी :: Baahrakhari
देश
 दाङमा एक कोरोना संक्रमितको मृत्यु 
Argakhachi Cement Island Ad

दाङ । दाङको देउखुरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ९ निवासी ५५ वर्षिय पुरुष  छन् । मृतक निर्माण ब्यवसायी भएको बुझिएको छ । 

उनले आफूमा केही असहज महसुस भएपछि बुटवल गएर पिसिआर चेकजाँच गराएका थिए त्यहाँ उनको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन नगएर घरमै बसेका थिए । 

गाउँपालिकाले एम्बुलेन्सको व्यवस्थापन गरेर कोहोलपुर मेडिकल कलेज पठाएको अध्यक्ष नुमानन्द सुबेदीले बताए । उता गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  २१:११
प्रतिक्रिया दिनुहोस्