site stats
बाह्रखरी :: Baahrakhari
देश
 जिल्ला प्रशासन कार्यालय सल्यान कात्तिक २० गतेसम्मका लागि सिल
Argakhachi Cement Island Ad

दाङ । जिल्ला प्रशासन कार्यालय सल्यान कात्तिक १३ गतेदेखि २० गते सम्मका लागि सिल गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बुधवार एक विज्ञप्तिमार्फत केही कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालय सिल गर्नु परेको जानकारी दिएका छन् । 

कार्यालयमा अत्यधिक भिडभाड हुने गरेको र त्यसले अन्य सेवाग्राहीमा समेत कोरोना संक्रमण हुनसक्ने सम्भावनलाई मध्यनजर गर्दै कार्यालय ८ दिनका लागि सिल गर्नु परेको लामिछानेले बताएका छन् । 

यो बीचमा शान्ति सुरक्षा, मुद्दाको सुनुवाइ र विपद्‌ व्यवस्थापनसम्बन्धी कार्य जारी रहने भए पनि नागरिकतालगायत अन्य सबै सेवाहरु बन्द हुने लामिछानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १५:५९
प्रतिक्रिया दिनुहोस्