site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 दाङमा ४७ कोरोना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

दाङ । दाङ आइतबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार दाङका ४७ जनामा संक्रमण देखिएको हो ।

आइतबार संक्रमण देखिनेहरुमा घोराही, तुलसीपुर, लमही, शान्तिनगर, राप्ति र बंग्लाचुली गाँउपालिकाका नागरिक रहेका छन् । आइतबार संक्रमण देखिनेहरुमा ३६ जना पुरुष र ११ जना महिला रहेका छन् । आज दाङमा सबैभन्दा धेरै घोराहीका २१ जना रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जसमा १७ पुरुष र ४ महिला रहेका छन् । यस्तै तुलसीपुरमा १३ जना पुरुष र ४ जना महिला गरी १७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । यस्तै लमहीमा ३ पुरुष र २ महिला गरी ५ जनामा संक्रमण देखिएको छ । शान्तिनगरमा १ जना पुरुष र एक जना महिला गरी थप २ जनामा संक्रमण देखिएको छ ।

यस्तै यसअघि संक्रमण मुक्त घोषणा गरिएको बंग्लाचुली गाउपालिकाका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । यसबाहेक १५ जना उपचाररत संक्रमितको स्वाब परीक्षण गर्दा उनीहरुमा पुनः कोरोना संक्रमण पोजेटिभ नै देखिएको छ ।

Global Ime bank

दाङमा अहिले संक्रिय संक्रमितको संख्या ६०५ रहेको छ । जसमध्ये अधिकांश संक्रमित होम आइसोलेसनमा रहेका छन् । संक्रिय संक्रमितमध्ये लक्षणसहितका १७ जना संक्रमित कोरोना विशेष अस्पताल बेलझुण्डीमा छन् भने ३६ जना लमहीको आइसोलेसनमा बसेको र बाँकी ५५३ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

आइतबार संक्रमण देखिएका ४७ जनासहित दाङमा संक्रमितको कुल संख्या १ हजार ८९१ पुगेको छ । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या दाङमा १ हजार २७९ पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC